बजारमा थरीथरीका स्मार्टफोन उपलब्ध छन् । रुप, कार्यक्षमता, प्रबिधिको प्रयोेगमा स्मार्टफोन परिवर्तनशीलछन् । दिनदिनैजसो विकसित स्मार्टफोनले बजार लिएकाछन् । मोवाईल फोनको आधारभुत प्रयोग कुराकानी नै हो । भौगोलिक दुरीको बाबजुदपनि साथीभाई, नातासम्बन्धसँग सम्पर्क र  कुराकानी गर्ने शैलीमा स्मार्टफोनको प्रयोगले उपभोक्ताको व्यवहारमा देखिनेगरी परिवर्तन ल्याएकोछ । 

स्मार्टफोनको व्यापक प्रयोग हुने अर्को क्षेत्र हो फोटोग्राफी । गुणस्तरीय फोटो खिच्नलाई त स्तरिय क्यामेराको महत्व घटेको छैन । यद्यपी स्मार्टफोनले प्रयोगकर्तालाई फोटोग्राफर पनि बनाईदिएको छ । 
स्मार्टफोन फर स्मार्ट सोसाईटी  मा विश्वास गर्ने प्रयोगकर्ताको रुपमा आईफोन, सामसुङ, कलर्स, जीफाईभ हुदै हाल गुगल नेक्सस ५ को प्रयोगकर्ता म पनि मेरो फोनलाई आक्कल झुक्कल फोटोग्राफीमा प्रयोग गर्छु । प्राकृतिक दृष्यमा बिशेषगरी साँझ विहानको आकाशको रुपरंग, सुर्योदय, सुर्यास्त, जंगल, बाटोघाटो, बस्ती, हिमाल, मान्छेका व्यवहार मेरो बिशेष चासोमा पर्छन् । उपलब्ध दृष्यलाई मौका मिलेसम्म स्मार्टफोनमा कैद गर्ने प्रयास गर्छु । 

यही प्रयास स्वरुप सुर्योदय, सुर्यास्त, आकाश, साँझविहान आकाशमा देखिने कलात्कम बादलका केही तस्बिरहरु यहाँ प्रस्तुत गरेको छु । राम्रो लागेमा शेयर गर्नुहोला । कपीराईट नभएका फोटाहरु भएपनि प्रयोग गर्नुभयो कुनै प्रसंगमा भने स्रोत खुलाउनु बुद्धिमान नागरिकको जिम्मेवारी हो भन्ने ठानेको छु । 


गर्बलाग्छ, बिगत दुईबर्षदेखि हरेक महिना केही हप्ताहरु सुदुर र मध्यपश्चिमका छ जिल्ला कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ र सुर्खेतका गाउँघरमा बिताउने अवसर मिलेको छ । गाँउघर डुल्डा भेटिने पात्र र परिबेशका आफ्नै कथाब्यथा छन् । त्यसमाथि सुदुर र मध्यपश्चिमको परिवेश बाँकी नेपालको भन्दा भिन्न छ । भिन्न परिवेशमा जन्मेको, हुर्केको र विकासका मुद्धासँग जोडिएको एक सचेत नागरिकका आँखाबाट सुदुर र मध्यपश्चिमेली गाउँघरका रमाईला र मार्मिक कथा, घटना, परिवेशसँग साईनो नजोडेपनि चटक्कै वेवास्ता गर्न पनि सकिदैन । कलमजीवीको रुपमा यात्रामा ठोक्किन आउने पात्र र परिबेशलाई अभिव्यक्ति गर्छु भन्दाभन्दै पनि कार्यब्यस्तताले गर्दा भनेजस्तो नहुनेरहेछ । पात्र र परिबेशलाई शब्दमा अभिव्यक्त गर्नलाई उपयुक्त शब्द चयन गर्न नसक्नु आफ्नो ठुलो कमजोरी लाग्छ । तथापी यो ब्लगमा मैले शब्दमा व्यक्त गर्न नसकेका पात्र र परिबेशलाई सामान्य मोवाईलफोनको सहायतामा खिचेका तस्बिरहरुबाट अभिव्यक्त गर्न चाहेको छु ।
-----------------------------------------------------------------------------------------------------------
कैलाली जिल्लाको टिकापुरमा रहेको बनाना रिजोर्ट केराबाट बनेको खाद्य र पेय पदार्थका लागि लोकप्रीय छ । रिजोर्टमा उपलब्ध खाद्य र पेय परिकार तारिफयोग्य छन् । रिसोर्टका भित्ताहरुमा जतासुकै टाँगिएका सायरीबाट समेत मज्जा लिन सकिन्छ बनना रिजोर्टमा ।
--------------------------------------------------------------------------------------------

तपाई कैलालीको टिकापुर जाँदै हुनुहुन्छ भने एकपटक टिकापुर पार्क जानोस् भन्ने मेरो सल्लाह । रमणीय छ पार्क । नजिकै कर्णालीको एकभंगालो फेरीबाट तरेर पारी जाने हो भने बनना टापु पुग्न सकिन्छ । टापुमा सामान्य रेष्टुँरा पनि छ । बीच भलिबल खेल्ने, पौडिखेल्नेलाई उपयुक्त ठाउँ छ त्यहाँ । 
तस्विरमा तपाईले देख्नुभएको महेन्द्र आरोग्य गृहमा तत्कालिन राजा महेन्द्रले आराम गरेका थिए रे । शुक्लाफाँटामा शिकार खेल्दा महेन्द्रलाई हर्टअट्याक भयो । त्यसपछि उनलाई कर्णालीको शान्त र रमणीय किनारमा ल्याएर उपचार पनि गराईयो र उनले त्यहाँ केही समय आराम गरे । 






बाँके जिल्लाका ९ वटा गाविसलाई राप्तीपारिका गाविस भनिन्छ । नेपालगञ्जमा खासै टाढानभएपनि सेवासुबिधा र पहुँचका हिसावले ती गाविस निकै दुर्गम लाग्छन् । बाँकी बाँकेलाई राप्तीपारिका गाविसम्म जोड्नलाई कम्दी नजिकै राप्तीमा पुल बनाईएको छ । स्थानीयबासिन्दाहरु भन्छन्, गरिवीले हो वा अन्य कारणले यो पुलका नटबल्टु पनि चोरी हुन्छन् ।




कैलाली जिल्लाको चिसापानीमा हेर्नका लागि दुईटा कुरा लोकप्रीय छन् । एक कर्णाली नदी र दोश्रो नदिमाथिको आकर्षक पुल । स्थानीय स्वादमा नेपाली खाना, माछा र खसीको मासु मन पराउनेका लागि चिसापानी उपयुक्त गन्तब्य हो ।




महाकाली नदी नेपाल भारत सिमाना नदी भएपनि नदीपारी पनि दुईवटा नेपाली गाविस छन् चाँदनी र दोधारा । यताको नेपाललाई ती दुई गाविसम्म जोड्नलाई महाकालीमा आकर्षक पुल बनाईएको छ । एशियाकै लामो सस्पेन्सन ब्रीज बनाईएको छ । पुल पार गर्नलाई एकतर्फी समय झन्डै २० मिनेट लाग्छ । साँझतीर त्यहाँपुग्दा सुर्यास्तको अलौकिक दृष्य कैद गर्नसकिन्छ ।





पुर्व पश्चिम राजमार्ग, रत्न राजमार्ग (नेपालगञ्ज सुर्खेत) मा यात्रा गर्दा देखिने प्राकृतिक दृष्यले त्यो क्षेत्रको बसाईलाई थप रमाईलो र स्मरणीय बनाउन सहयोग गर्छ ।
बाङ्गेसिमल सुर्खेतबाट देखिएको सुर्योदय 
सुर्खेतको छिन्चुनजिक जंगलमा फलेको थाकल 
दाङको जखेरा तालमा माछा मार्दै स्थानीय 
झरी परेपछि बबई पारी उकालोबाट देखिएको पश्चिम नेपाल 
सडकबाट देखिएको आकाश 
गाभर भ्याली, बाँके 
झरिको बेला हर्रेबाट देखिएको ढल्कदो साँझ 
झरिको बेला हर्रेबाट देखिएको ढल्कदो साँझ 
पानी पर्दाको हर्रे 
पोखरीकाँडा, सुर्खेत 
साउने झरी, पोखरीकाँडा सुर्खेत 
सुर्खेतको बड्डीचौरमा खेत रोपाँई 
कोहलपुरको बिस्तारित सडकखण्ड 


Popular Posts

Blogger templates

Blogger news

Blogroll